आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सो सम्झौतापत्रमा कुमारी बैंकका डिजिटल मार्केटिङ प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थ होमका प्रबन्ध निर्देशक हरिशरण रिजालले हस्ताक्षर गरेका हुन् ।