सन् १९९१ मा बलिउड फिल्म लम्हेको छायांकन चलिरहेको थियो। छायांकन चलिरहेका बेला श्रीदेवीले बाबुको निधन भएको खबर थाहा पाइन्। फिल्मको छायांकनका लागि बेलायतको लण्डनमा रहेकी श्रीदेवी बुवाको अन्तिम संस्कारका लागि भारत आइन्। त्यसपछि अन्तिम संस्कार सकेर फेरि बेलायत फर्किइन्। उनलाई त्यहाँ अनुपम खेरसँग एउटा कमेडी सिन गर्नुपर्ने थियो। धेरैपछि श्रीदेवीले एक अन्तरवार्तामा भनेकी छन्, एउटा कलाकारका रूपमा त्यो सिनलाई राम्रोसँग गर्नु मेरा लागि सबैभन्दा ठूलो चुनौती थियो। सोही फिल्मबाट उनले पछि उत्कृष