प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन विज्ञ बाबुराम दाहालले संविधानको धारा ७६ (५)को व्याख्या सर्वोच्च अदालतले नै गरेर निकास दिनुपर्ने बताएका छन् । शुक्रबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि सरकारका तर्फबाट बहस गर्दै दाहालले लहडमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन नगरेको दाबी गरे ।उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले लहडमा विघटन गरेको होइन, सरकार बन्नै नसकेपछि विघटन गरिएको हो ।’अहिलेको विघटनलाई अन्यथा भन्न नमिल्ने भन्दै दाहालले विघटन सदर हुनुपर्ने