भारत र न्युजिल्यान्डबीच जारी ३ खेलको टी-२० सिरिजको अन्तिम खेल आज कोलकातामा हुँदै छ। जहाँ घरेलु टोली क्लिन स्विपको लक्ष्यका साथमा मैदानमा उत्रँदा न्युजिल्यान्ड भने कम्तीमा एक खेलमा जित निकाल्दै सिरिजको बिट मार्ने ध्याउनमा हुनेछ।पछिल्ला दुई खेलमा जित निकाल्दै रोहितले आफ्नो पहिलो टी-२० कप्तानीमै न्युजिल्यान्डसँगको सिरिज जितिसकेका छन्। त्यसैले बलियो टिमविरुद्ध कप्तान शर्मा लगातार तीन खेलमा जित निकाल्दै आफ्नो कप्तानी भूमिकालाई थप परिष्कृत गर्न चाहन्छन्।त्यसोत कप्तान रोहित शर्मा टी-२० अन्तर्राष्ट्रियम