इलाम : नेपाली खेलाडी चम्कँदा पाकिस्तानमा जारी नेसनल वुमन्स च्याम्पियन्ससिपमा मासा युनाइटेडले लगातार दोस्रो जित निकालेको छ।नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको कप्तानमा उत्रिएको मासाले हायर एजुकेसन कमिसन (एचइसी)को टोलीलाई ४–० ले हरायो। मासाको जितमा अनिता केसीले २ गोल, सरु लिम्बू र सम्रोज सम्रिनाले १-१ गोलको योगदान दिए। खेलको सुरुवातबाटै दबाब बनाएको मासाले छैटौँ मिनेटमा अग्रता बनायो।सरुको पासमा अनिताको प्रहार गोलरक्षकबाट डिफ्लेक्ट हुँदै पोष्टको दिशा लियो। पहिलो हाफमा १&