यसरी सजाउनुस् कार्पेट र पर्दाले कोठा

काठमाडौं । घरको बाहिरी बनावटलाई आकर्षक बनाउन जसरी रङको भूमिका महत्वपूर्ण मानिन्छ, भित्री बनावटको शोभाका लागि पर्दा र कार्पेट उत्तिकै महत्वको हुने गर्छ । घरलाई रङले चिटिक्कै पारेपछि कोठा सजावटमा पर्दा र कार्पेटको सही छनोट गर्न सकिए यसको सौन्दर्य झनै बढ्न सक्छ । कोठाको भुइँमा आम्दानीअनुसार कार्पेट प्रयोग गर्न नसकिए पनि झ्यालमा पर्दा हुनु अनिवार्य मानिन्छ । यसले कोठाको शोभामा मात्र फरक पार्दैन,  यसको प्रयोगले व्यक्तिगत गोपनीयताको रक्षा पनि गर्छ । यसले घरबाहिरको हल्लालाई कोठाभित्र आउनसमेत रोक्न सक्छ । पर्दा झ्यालमा मात्र नभएर ढोका, शौचालय, बाथरुम, थियटर, पार्टी प्यालेस, स्टेज, विवाहमण्डप विविध क्षेत्रमा प्रयोग गरिन्छ । यसले कोठामा धुवाँ, धुलो र सूर्यको सीधा प्रकाशलाई रोक्ने कार्य गर्दछ । पर्दाको प्रयोगका फाइदा विविध भए पनि यसको मुख्य कार्य कोठाको सजावट नै हो । पर्दा विभिन्न सामग्री, आकार, रंग, ढाँचामा बजारमा खरिद गर्न सकिन्छ । नेपालको सन्दर्भमा पर्दालाई यताउता सार्न हात र डोरीको प्रयोग गर्न हुन्छ । थियटरमा भने रिमोटद्वारा सञ्चालन हुने पर्दाको प्रयोग हुन्छ । झ्यालको साइजअनुसार पर्दाको आकार, साइज, प्रकार र वजनअनुसुार फरक–फरक हुन्छन् । विजया फर्निसर्सका प्रोप्राइटर नारायणप्रसाद कायस्थका अनुसार पर्दा कार्यालय प्रयोग र घरायसी प्रयोग गरी दुई किसिमका हुन्छन् । कार्यालय तथा कर्पोरेट भवनमा प्रयोग गरिने पर्दा प्रयोगको हिसाबले अफिस तथा कार्यालयमा प्रयोग हुने कार्पेट विभिन्न ब्रान्ड र प्रकारमा बजारमा उपलब्ध छन् । जस्तै, भर्टिकल ब्लाइन्ड, भेनेसियन ब्लाइन्ड, रोलर ब्लाइन्ड, बम्बो ब्लाइन्ड  र फ्लेस ब्लाइन्ड आदि । यी पर्दा विभिन्न आकर्षक डिजाइन र विभिन्न सामग्रीमा उपलब्ध छन् । घरायसी प्रयोग हुने पर्दा विशेषगरी कपडा नै हुन । नेपालमा उपलब्ध हुने कपडा धेरैजसो चिनियाँ नै मुख्य हुन् । चिनियाँ कपडा बढी चम्किलो र देख्दा आकर्षक हुने भएकाले पनि पर्दा राख्नेहरूको रोजाइमा परेको देखिन्छ । चिनियाँ कपडाको चौडाइ फराकिलो हुने हुँदा कम लागत पर्छ । त्यसैगरी बजारमा भारतीय र नेपाली कपडा पनि उपलब्ध छन् । नेपालमा चिनियाँपछि भारतीय कपडाको प्रयोग बढी हुन्छ । बजारमा नेपाली कपडाका पर्दा पनि उपलब्ध छन् । नेपाली कपडामा विशेषगरी सुती र कटन मुख्य हुन् । अन्य कपडामा सिलिकन, पोलिस्टर, साटन, नेट (जाली भएको) आदि प्रमुख हुन् । हाल बजारमा रोलवाथान कपडाको चलनचल्तीभन्दा बढी तयारी (रेडिमेड) पर्दाको प्रयोगमा वृद्धि भएको छ । तयारी पर्दामा प्रायः चिनियाँ मुख्य छन् । यी पर्दा ४, ५, ६ ७, ८, ९ र १० फिट गुणा उचाइँ ७ फिटमा बजारमा उपलब्ध छन् । अहिले झ्यालका साइजअनुसार पर्दा किन्न सकिने विजया फर्निसर्सका प्रोप्राइटर नारायणप्रसाद कायस्थ बताउँछन् । झ्यालमा प्रयोग गरिने उपकरण पर्दा झुन्ड्याउन रिङ, रड, स्प्रिङ तार, पाइप प्रयोग गरिन्छ । पर्दा यताउता सार्न रिङको प्रयोग गरिन्छ । रिङ विभिन्न डिजाइन र बनावटमा खरिद गर्ने सुविधा ग्राहकलाई छ । झ्यालको साइजअनुसार तयारी पाइप पाइन्छन् । बजारमा उपलब्ध हुने पाइपमा पीभीसी पाइप, आल्मुनियम पाइप, फेन्सी पाइप, काठको पाइप र स्टिलका पाइप प्रमुख हुन् । नेपालमा बढी प्रयोग हुने पाइप विशेषगरी पीभीसी र आल्मुनियम हुन् । कोठा भाडामा बस्ने र पर्दा झिकेर अन्यत्र सार्नुपर्ने अवस्थामा स्प्रिङ तार उपयुक्त हुन्छ । कोठा सजावटमा कार्पेटको प्रयोग कोठा सफा, सुग्घर र चिसोबाट बचाउन कार्पेट प्रयोग गरिन्छ । उभन, निडल फेल्ट, नोटेड, टफटेड, नाइलन, पोलिप्रोपाइलिन,  ऊन र ऊन ब्लेन्डस्, पोलिस्टर,  एक्रिलिकजस्ता कार्पेट विश्वभर नै प्रचलनमा रहेका छन् । नेपालमा भने उपलब्ध कार्पेट विशेषगरी पीभीसी (टाट), नाइनल र टफटेड आदि प्रमुख छन् । पीभीसी कार्पेटको मोटाइ ३ मिमिदेखि ६ मिमिसम्मको हुन्छ । चौडाइ भने प्रायः सबै कार्पेटको २ मिटर हुन्छ । पीभिसी कार्पेट मूल्यमा सस्तो, वाटर प्रुफ, सफा गर्न सजिलो हुन्छ । नेपालमा बढी प्रयोग हुने कार्पेट नाइनल हो । यसको मोटाइ ४ मिमिदेखि ५ मिमिसम्मको हुने भएकाले यसलाई साधारण कार्पेट भनिन्छ । यसको प्रतिमिटर मूल्य करिब ५ सय रुपैयाँसम्म पर्छ । सबैले किन्न सक्ने साधारण मूल्य भएका कारण सर्वसाधारणले यही कार्पेट प्रयोग गर्छन् । महँगो भएका कारण सर्वसाधारणको पहुँचभन्दा बाहिर छ, टफटेड कार्पेट । यसको बजार मूल्य प्रतिमिटरको २ हजारदेखि ५ हजारसम्म पर्छ । यसको मोटाइ ८ मिमिदेखि १२ मिमिसम्म हुन्छ । यसैले यस कार्पेटको प्रयोगकर्ता सर्वसाधरणभन्दा भीआईपी, कार्यालय, होटल आदि प्रमुख हुन् ।

सम्बन्धित सामग्री

ओस्कारको निर्णय परिवर्तन, अब रातो कार्पेट नै बिछ्याइने

काठमाडौं । गत वर्ष ओस्कार अवार्डले दशकौंदेखिको नियममा परिवर्तन गर्दै ‘स्याम्पेन रङ’को कार्पेट बिछ्यायो । विश्व फिल्मको सर्वोच्च पुरस्कारको यो निर्णयले त्यतिबेला ठूलै तरंग ल्याएको थियो । ओस्कार यस वर्ष परम्परागत रङमै फर्किएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले यस वर्षको ओस्कार समारोहमा ‘रेडकार्पेट’ बिछ्याइने निर्णय गरेको छ । गत वर्ष चकलेटजस्तो […]

चार महिनामा ४ अर्बको कार्पेट निर्यात

मुलुकमा नुनदेखि सुनसम्म विदेशबाट आयात भइरहेको अवस्था यहाँ प्रयोग हुने कार्पेटमा भने मुलुक आत्मनिर्भर देखिएको छ।स्वदेशमा प्रयोगमात्र नभएर चार महिनाकै अवधिमा करिब चार अर्ब रुपैयाँको कार्पेट, भुईँमा प्रयोग कपडाको कभरिङ निर्यात भएको छ।...

पोखरामा चलचित्र बहावको रेड कार्पेट प्रिमियर

पोखरा । शुक्रबारबाट देशव्यापी सिनेमा हलमा रिलिज गरिएको नेपाली चलचित्र बहावको रिलिजसँगै पोखरामा रेड कार्पेट प्रिमियर गरिएको छ । यो चलचित्र निर्माता तथा पत्रकार श्रीधर पौडेल, कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल तथा लेखक र निर्देशक प्रमोद कँडेल बहावको प्रिमियरमा सहभागी भए । प्रिमियर सो चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा स्पेक्स फोर्टिनले मिडटाउन सिनेमाजमा आयोजना […] The post पोखरामा चलचित्र बहावको रेड कार्पेट प्रिमियर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नयाँ सांसदलाई प्रदेश सभामा ‘रेड कार्पेट’

मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम आएसँगै गण्डकी प्रदेशसभा मा नयाँ सांसदका लागि रातो कार्पेट बिछ्याइएको छ । प्रदेशसभामा रङरोगन गर्नेदेखि नयाँ सांसदलाई स्वागत गर्न रातो कार्पेट बिछ्याउन सांसद सचिवालयका कर्मचारी सक्रिय भएका हुन् । नयाँ सांसदलाई स्वागत गर्नेदेखि प्रदेशसभालाई सझाउन कर्मचारीलाई भ्याइ नभ्याइ छ ।  गण्डकीको राजधानी पोखराको नदिपुर स्थित प्रदेशसभा सचिवालयमा दलको कार्यालय, सभामुख, उप–सभामुख, सत्ता पक्ष दलका नेता, विपक्षी दलका नेता र मुख्यमन्त्रीको कार्यकक्ष  र सचि

कासा ब्रान्डको रेड कार्पेट इभेन्ट

नेपाली फेसन ब्रान्ड ‘कासा’ले रेड कार्पेट इभेन्ट ‘काठमाडौं फेसन गाला’ आयोजना गरेको छ । कम्पनीले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको बबरमहल रिभिजिटेडमा फेसन सो गरेको हो । यसपटक वार्षिकोत्सव फरक ढंगले...

बजार विस्तारमा प्रेस्टिज कार्पेट

प्रेस्टिज कार्पेट उद्योगले ‘फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२’ को आठौं संस्करणमा कम्पनीले लक्ष्य भन्दा करिब १० प्रतिशत बढी नयाँ डिलरहरू विस्तार गरेको जनाएको छ।...

फर्निचर एक्स्पोमा कार्पेट र म्याट्रेसको धेरै खोजी

राजधानीको भृकुटीमण्डपमा जारी आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा कार्पेट तथा म्याट्रेसमा अवलोकनकर्ताको विशेष रुची देखिएको छ । कार्पेट तथा म्याट्रेसमा मुलुक आत्मनिर्भर भइसकेको अवस्थामा यसको माग तथा खपत बढ्दै गर्दा उद्योगी व्यवसायी उत्साहित छन् ।बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म ५१ हजारले अवलोकन गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । “अघिल्ला २ दिनमा […]

‘प्रकाश’ लाई रेड कार्पेट, प्रिमियरमा सकारात्मक प्रतिक्रिया

अगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रकाश’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ । बुधबार कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा रंग पत्रकर र फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा सहभागी अधिकांशले फिल्मको कथावस्तुले मन छोएको प्रतिक्रिया दिए । सोही प्रिमियरमा कतिले फिल्मको निर्माण पक्ष राम्रो बताउँदा कतिले भने कलाकारको अभिनयको तारिफ गरे ।प्रिमियरमा फिल्मका कलाकार प्रदीप खड्का, दीया मास्केको अलवा आर्यन सिग्देल, रिस्ता बस्नेत, लक्ष्मी बर्देवा, नरेश पौडेल, ज्ञाने

ओलीको स्वागतमा प्रसाईंको रेड कार्पेट, तस्बिरमा हेर्नुहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वागत गर्न रातो कार्पेट (रेड कार्पेट) बिछ्याएका हुन् ।  भक्तपुरको सूर्यविनायकस्थित प्रसाईंको लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन बुधबार ओलीले गर्नेछन् । २ अर्ब रुपैयाँभन्दा बढी लगानीमा करिब ५० रोपनीमा क्षेत्रफलमा उक्त तरकारी बजार निर्माण भएको छ ।

कश्मिरमा क्युआर कोडबाट गलैंचा र कार्पेट प्रमाणीकरण

भारतको केन्द्र शासित जम्मु कश्मिरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले  कश्मिरमा हस्तनिर्मित कार्पेट तथा गलैंचाको प्रमाणिकरण, लेवलिङका लागि क्युआर कोडमा आधारित संयन्त्रको उद्घाटन गरेका छन् । ग्राहकले आधिकारिकताको जाँच गर्ने तथा...