मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम आएसँगै गण्डकी प्रदेशसभा मा नयाँ सांसदका लागि रातो कार्पेट बिछ्याइएको छ । प्रदेशसभामा रङरोगन गर्नेदेखि नयाँ सांसदलाई स्वागत गर्न रातो कार्पेट बिछ्याउन सांसद सचिवालयका कर्मचारी सक्रिय भएका हुन् । नयाँ सांसदलाई स्वागत गर्नेदेखि प्रदेशसभालाई सझाउन कर्मचारीलाई भ्याइ नभ्याइ छ । गण्डकीको राजधानी पोखराको नदिपुर स्थित प्रदेशसभा सचिवालयमा दलको कार्यालय, सभामुख, उप–सभामुख, सत्ता पक्ष दलका नेता, विपक्षी दलका नेता र मुख्यमन्त्रीको कार्यकक्ष र सचि