नेपालको आदिवासी जनजाति आन्दोलन प्रतिरोधी चेतसहितको अभियान हो । विभेद, उत्पीडन, अपमान, शोषण र असमानताविरुद्ध सामूहिक हस्तक्षेपकारी अभियान हो । हरेक आन्दोलनका विविध आयाम हुन्छन् । आन्दोलनहरू अनेकौं आरोह–अवरोहबाट अगाडि बढ्छन् । जनजाति आन्दोलन पनि यी सबै प्रक्रियाबाट गुज्रिएको छ ।