देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको जिम्मेवारी यतिबेला व्यवसायी दीपक मल्होत्राको कम्पनी आईएमएस ग्रुपको कब्जामा छ । कब्जा पनि तत्कालका लागि मात्रै होइन, कम्तीमा अझै २३ वर्ष र अदालतले मल्होत्राको पक्षमा फैसला दिए सम्भवतः अझै ३० वर्षभन्दा माथि । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय लगायतको सरकारी संयन्त्रको स्वीकृतिमा त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलको आगमनतर्फको व्यवस्थापनको जिम्मेवारी आईएमएस ग्रुप अन्तर्गतको