जेठ २ गतेदेखि त्रिभुवन विमानस्थल २४ सै घन्टा सञ्चालन हुने

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आगामी जेठ २ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । हाल दैनिक १८ घण्टा मात्र सञ्चालन हुँदै आएको विमानस्थललाई जेठ २ गतेदेखि पूर्णरूपमा २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।हालै सम्पन्न गौतम बुद्ध विमानस्थलको समेत जेठ २ गतेबाटै व्यवसायिक उडान सुरु गर्न लागेको प्राधिकरणले देशका सबैजसो विमानस्थललाई सुचारु राख्न लागेको हो । सोमबार साझ आइकाओको अडिट रिपोर्ट सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको प्राधिकरणले अ