राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले आफू निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै पार्टीको भोलिदेखि सुरु हुने महाधिवेशनको निर्वाचन प्रक्रियाबाट आफू अलग रहने घोषणा गरेका हुन् । उनले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र कुनै पनि उम्मेदवारतर्फ नखुल्ने बताए । राणाले आजको सन्दर्भमा पार्टी एकता सर्वोपरी सत्य बनेको भन्दै नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना रहेको बताए । ‘त