प्रतिनिधिसभामा जम्मा एक सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ । आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्न लागेको राप्रपामा नेतृत्वका लागि आधा दर्जन नेता आकांक्षी देखिएका छन् ।नेतृत्वको तीव्र दौडमा हालका अध्यक्षत्रय डा प्रकाशचन्द्र लोहनी, कमल थापा र पशुपति शमशेर राणा नै रहेका छन् । यसबाहेक डा धवलशमशेर राणा र राजेन्द्र लिङ्देनले पनि पार्टीभित्रको युवा तथा दोस्रो पुस्ताको नेतृत्व गर्दै नेतृत्वमा आकाँक्षा देखाएका छन् ।पटक–पटकको टुटफुट र विभा