हरिबोधनी एकादशीमा शुक्लागण्डकीको बिदा

पोखरा – तनहुँको शुक्लागण्डकी नगरपालिकाले बिहीवार सार्वजनिक विदा दिएको छ। हरिबोधनी एकादशी मनाउन शुक्लागण्डकीले सार्वजनिक विदा दिएको हो । बिहीबार हिन्दु धर्मलम्बीले हरिबोधनी एकादशी तुलसीको विवाह गरेर मनाइँदै छ। नगरपलिकाको कार्यालय, वडा कार्यालयसँगै विधालय र बैंक तथा वित्तीय संस्था बन्द रहने नगर प्रमुख कृष्णराज पण्डितले बताए। शुक्लागण्डकीले बर्सेनि एकादशीमा स्थानीय विदा दिँदै आइरहेको छ। शुक्लागण्डकी […]

सम्बन्धित सामग्री

हरिबोधनीमा खोटाङका तीन पालिकामा बिदा

खोटाङ – हरिबोधनी एकादशीको दिन खोटाङका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका छन्। हरिबोधनी एकादशीको दिन विभिन्न स्थानीय धार्मिक स्थलमा लाग्ने धार्मिक मेलाका लागि बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र रावाबेँसी गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका हुन्। बराहपोखरी गाउँपालिका–१ बराहपोखरी शंखेश्वरस्थित बराहपोखरीमा हरिबोधनी एकादशी (तुलसी विवाह)का दिन र सोको अघिल्लो दिन तिर्थाटन र मेला भर्नका लागि […]

गुल्मीका तीन स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा

गुल्मी : गुल्मी जिल्लाका तीन स्थानीय तहले हरिबोधनी एकादशी (शुक्रबार)मा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। रेसुंगा नगरपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकाले सूचना जारी गर्दै शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।कार्यपालिका बैठकको निर्णयअनुसार गाउँ÷नगरक्षेत्रका संस्था, कार्यालयहरू, मातहतका वडा कार्यालयहरू, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघसंस्था बन्द रहनेछन्।ठूली एकादशीमा जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुंगामा मेला लाग्छ। रेसुंगा पोखरीमा स

सुन्दरबजार नगरपालिकामा शुक्रबार सार्वजनिक बिदा

लमजुङको सुन्दरबजार नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको आर्थिक वर्ष २०७९/०८० को छैटौं कार्यपालिका बैठकको निर्णयअनुसार शुक्रबार पर्न गएको हरिबोधनी एकादशी (तुलसी विवाह) को दिन सार्वजनिक बिदा दिइएको नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।

तनहुँका दुई ओटा नगरपालिकामा आज सार्वजनिक बिदा

कात्तिक २९, तनहुँ । हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतवार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ ।  दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्छ । मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्की विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दछन् ।  यसैगरी व्यासले पनि सोही  अवसरमा बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतवार विज्ञप्ति प्रकाशित गरी सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  यही कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकबाट हरिबोधनी एकादशीका दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।  हरिबोधनी एकादशीको दिन जिल्लाका विभिन्न ठाउँमा ठूलो मेला लाग्ने गर्दछ । शुक्लागण्डकीको पुल्चोकस्थित सेती नदी किनार, कोत्रेस्थित सेती नदी किनार, भिमाद नगरपालिका र म्याग्देको सङ्गममा पर्ने दोभान, भिमादको भिमाद बजारस्थित सेती नदी, व्यास नगरपालिकाको देउरालीनगर, शिशाघाट, आँबुखैरेनीको आँधीमूलमा एकादशीका दिन मेला लाग्ने गरेको छ ।  आँधीमूलमा एकादशी मेला लाग्ने आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ । कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले सोमवार एकादशी मेला सञ्चालन गर्न लागिएको हो । कोरोना कहरका कारण गत वर्ष यहाँ मेला भर्न रोक लगाइएको थियो । एकादशी मेलाका दिन यहाँ हजाराँैको संख्यामा भक्तजनको भीड लाग्ने वडाध्यक्ष किसान थापाले जानकारी दिए । पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ ।  आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।  गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ ओटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।  कञ्चन पानी रहेको पोखरीमा ठूलै संख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजक्रिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।  मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ ।  गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ । रासस

चाँगुनारायण नगरपालिकामा सोमबार सार्वजनिक बिदा

भक्तपुर : चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशी अवसर पारेर सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्थाहरू, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक बिदाको निर्णय गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। विश्व सम्पदा सूचिमा सूच...