नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थ मन्त्रालयमा बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दरमा हेरफेर भएको विषयमा संसदीय छानबिन गर्न माग गरेका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा उनले आगामी आर्थिक वर्षको बजेट वक्तव्य आफूहरुले शिष्टतापूर्वक बसेर सुनेको स्मरण गराए । त्यो बेलासम्म आफूहरुलाई अर्थ मन्त्रालयमा आधिकारिक मान्छे पन्छाएर अनधिकृत व्यक्तिलाई प्रवेश गराई बजेट निर्माणका क्रममा भएका अनियमितताबारे थाहा नभएको उनले बताए ।उनले खास घरानाका व्यक्तिको घरमा बसेर उनीहरुको हितमा