अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठनको तयारी, राजीनामा दिनुपर्ने एमालेको 'बटमलाइन'

काठमाण्डाै – बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा संसदीय छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा प्रमुख दलहरूबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति जुटेको छ । तर कति सदस्यीय समिति बन्ने र को–को सदस्य रहने भन्ने विषय टुङ्गिएको छैन ।  अर्थमन्त्री शर्माको विषयलाई लिएर आज बिहान ११ बजे बस्ने भनिएको संसद् बैठक अहिलेसम्म सुरु भएको छैन । नेकपा एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने अडान लिएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रील...