काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौँ उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । मन्त्रालयले काठमाडौँ उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै दुई खोपकेन्द्र तोकेको हो ।