यसरी जोगिनसक्छ मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकी सरकार

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकार जोगाउन हरसम्भव प्रयास गरिराखेका छन् । विश्वासको मत लिने दिन नजिकिदै गर्दा उनले विपक्षी दलका केही नेताहरुसँग छलफल गरेका हुन् । केन्द्र जनता समाजवादी पार्टी विभाजन भइसकेको छ । तर, गण्डकी प्रदेशमा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको बाहुल्य छ । गण्डकी प्रदेश सभाका दुई जना सदस्य बाबुराम भट्टराई समूहका रहेका छन् भने एक जना उपेन्द्र समुहका ।