बिमको बराहताल‚ यस्तो छ किंवदन्ती

म्याग्दी : कोरोना महामारीका कारण मालिका गाउँपालिका–७ बिममा रहेको बराहा ताल सुनसान छ। विगतमा वर्षहरुमा यस सिजनमा ताल अवलोकन गर्न मानिसको घुइँचो हुने गरे पनि कोरोनाका कारण दुई वर्षदेखि यस क्षेत्र सुनसान भएको हो।म्याग्दीकै प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी जाने पर्यटकहरूलाई बाटोमै रोकेर केही समय तालमै रमाउन बाध्य बनाउने बराहा ताल मिथक र रहस्यहरुको एक अनुपम स्थान पनि हो। तर प्रचारप्रसार र पूर्वाधारको अभावमा ताल ओझेलमा परेको छ।करिब आधा रोपनी क्षेत्रफलमा फैलिएको तालमा म्याग्दीकै प्रसिद्ध धार्मिकस्