पहाडको टाउकोमा विमानस्थल, यात्रु पुग्न केबुलकार चाहिने

राज्यले करिब ४ दशक लगाएर कालिकोटको कोटबाडामा सुनथराली विमानस्थल निर्माण गरे पनि यो प्रयोगविहीन बनेको छ । २०७३ माघ २९ मा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले परीक्षण उडान गरेयता विमानस्थलमा जहाज आएको छैन । २०४२ सालबाट बनाउन सुरु भएको यो विमानस्थलको धावनमार्ग गत वर्ष कालोपत्रे गरिएको थियो । सरकारले यो विमानस्थल बनाउन करोडौं रुपैयाँ खर्च गरिसकेको […]

सम्बन्धित सामग्री

यातायात ठप्प हुँदा यात्रु मर्कामा

पाथीभरा केबुलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको यातायात बन्दका कारण यात्रु मारमा परेका छन् । सो समूहले आह्वान गरेको बन्दका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा स्थानीय यातायात सेवा ठप्प हुँदा यात्रु मारमा परेका हुन् ।

मनकामना केबुलकारले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । चितवन कोई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकार २३ वर्ष पूरा गरी २४ औं वर्ष प्रवेश गरेको छ । ०५५ बाट नियमित सञ्चालनमा आएको केबुलकारले हालसम्म करिब १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई सेवा उपलब्ध गराएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार केबुलकार सञ्चालनपछि मनकामना क्षेत्र र यस वरपरका स्थान प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित भएका छन् । हाल मनकामना केबुलकार विश्वप्रसिद्ध अस्ट्रियाको डोप्पेलमेयर कम्पनीको प्रविधिबाट सञ्चालन हुँदै आएका छन् । कम्पनीले प्रविधि पुरानो हुँदै गएको र  नवीनतम् प्रविधि विकास भइरहेकाले आव ०७८/७९ बाट केबुलकार प्रविधिको स्तरोन्नति गरिने भएको छ । कम्पनीका अनुसार हाल रहेको एनालग सिस्टमलाई डिजिटल प्रविधिमा तीन चरणमा स्तरोन्नति गरिनेछ । कम्पनीले आव आगामी दुई वर्षभित्र स्तरोन्नतिका सबै काम सक्ने लक्ष्य रहेको जानकारी दिएको छ । स्तरोन्नतिरमा डीसी ड्राइभ सिस्टमलाई एसी ड्राइभमा, कन्ट्रोल सिस्टमलाई एनलगबाट डिजिटल सिस्टममा परिणत गरिनुका साथै केबुलकारको लठ्ठा, कम्युनिकेसन्स् केबुल, ग्रिपजस्ता महत्वपूर्ण सामान पुनः स्तरोन्नति गरिनेछ । त्यसका लागि करिब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले बताएको छ ।

आइतबारबाट मनकामना केबुलकार चल्ने

कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उनले भने, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।” इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् ।भक्तजनको भीडभाड ह

एकसाताका लागि मनकामना केबुलकार बन्द

कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी

मनकामना केबुलकार बन्द हुने

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि छ दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनले बताउनुभयो । यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले छ बन्द गर्न लागिएको उहाँको भनाइ छ । नियमित मर्मतसम्भारपछि पुस २१ गते मङ्गलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।