काठमाडौं : खोला, सडक, हवाई मैदान, बसपार्क छेउमा विद्यालय सञ्चालन गर्न नपाइने कानुनी प्रावधान छ। काठमाडौं महानगरपालिकाले पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका,२०७३ को बुँदा (११) मा विद्यालयको न्यूनतम मापदण्ड तोकिएको छ।जसमा खुला इनार, पोखरी, भीर, खोला, फोहोर संकलन केन्द्र, बसपार्क, ध्वनि प्रदूषण उद्योगधन्दा, हवाई मैदानबाट पाँच सय मिटर बाहिर हुनुपर्ने मापदण्ड छ।त्यस्तै निर्देशिकाकाे ‘घ’ मा उल्लेख छ- ‘विद्यालय भवन आसपासमा पेट्रोल पम्प, मुख्य सडक, ट्राफिक जोखिम नभएक