स्याङ्जाका सुशील पङ्गेनी व्यवसाय प्रशासनमा स्नातकोत्तर हुनुहुन्छ । पोखरा विश्वविद्यालयबाट उपाधि हासिल गर्नुभएका उहाँ सोमबार आयोजित अठारौँ दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट दीक्षित हुनुभयो । पङ्गेनीले व्यवस्थापन सङ्कायतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी ‘कुलपति पदक’समेत प्राप्त गर्नुभयो । दीक्षान्त समारोहमा हँसिलो मुद्रामा भेटिनुभएका उहाँले नेपालमै केही गर्ने सोच रहेको सुनाउनुभयो । …
काठमाडौं : थाहाखबरले साताभरको गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई हामी यो स्तम्भमा समेट्ने गरेका छौँ।यो साताका तस्विर–म पनि दीक्षित : त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी।फिल्म फेस्टिभल : काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल(किम्फ)को २० औँ संस्करण।चित्रमा चेतना : काठमाडौंको नयाँ बानेश्वरमा सामाजिक समावेशीकरण दर्शाउने भित्तेचित्र
भक्तपुर– भक्तपुर सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा अभिभावक दिवसको अवसरमा आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माण तथा जडानमा नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थी सफल भएका छन् । कलेजबाट दीक्षित विद्यार्थी उत्सव खड्का, हाल अध्ययनरत विद्यार्थीहरू राजु श्रेष्ठ, विवेककुमार गणेश तथा अन्य शैक्षिक संस्थामा आबद्ध विद्यार्थीहरू सेवन्त केसी र विजय श्रेष्ठले यो सफलता हासिल […]