त्रिविका दीक्षित विद्यार्थी भन्छन्– नेपालको पाठ्यक्रम ‘आउट–डेटेड’ भयो, समयानुकूल बनाऔं

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ४९औं दीक्षान्त समारोह मनाएको छ । काठमाडौंस्थित दशरथ रङ्गशालामा आयोजित दीक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहालले विद्यार्थीहरूलाई दीक्षित गर्नुभयो ।   यद्यपि दीक्षित विद्यार्थीहरूले त्रिविको सबै सङ्कायको पाठ्यक्रम ‘आउट–डेटेड’ भइसकेकाले त्यसलाई समयानुकूल बनाउनुपर्ने खाँचो रहेको औंल्याएका छन् ।  हेटौंडा निवासी डा. आर्यन मानन्धरले महाराजगञ्ज मेडिकल कलेजमा अध्ययन गरे । सल्यान जिल्ला अस्पतालमा कार्यरत मानन्धर दीक्षान्त समारोहका लागि काठमाडौं आइपुगेका हुन् । डा. मानन्धरले मेडिकलको कोर्ष पुरानै रहेको बताउँदै यसलाई चाँडै समयानुकूल नबनाइए मेडिकल शिक्षा नै कमजोर हुने बताए ।  मोडेल नेपाल कलेजबाट बीबीए गरेका धुलिखेलकी इस्मा श्रेष्ठ स्नातकोत्तरको अध्ययनका लागि विदेश जाने तयारीमा छिन् । नेपालको व्यवस्थापन सङ्कायमा कोर्षमा प्रयोगात्मक नभएको र कोर्ष पनि पुरानै रहेकाले बजारमा बिक्नै गाह्रो हुने गरेको उनले बताइन्। श्रेष्ठले भनिन्, ‘अहिले आवश्यकताअनुसारको शिक्षा छैन । बजारमा प्रतिस्पर्धा गर्ने खालको पाठ्यक्रम ल्याउनुपर्ने खाँचो छ । ‘थ्योरी’मात्रै पढेर काम पाइँदैन अनि विदेश जानुपर्ने बाध्यता हुन्छ ।’ त्यस्तै, रानीवनकी अरुणा गौलीले त्रिविबाट विजनेस एडमिनिस्ट्रेसन पढिन् । गौलीले अबको योजना विदेश गएर पढ्ने रहेको बताइन् । उनले भनिन्, ‘नेपालमा पढाइ खासै राम्रो र प्रतिस्पर्धा गर्ने खालको छैन । बाहिर धेरै ‘एड्भान्स’ भइसक्यो । हाम्रो बजारलाई चाहिएको शिक्षा नै छैन । त्रिविअन्तर्गतको सबै सङ्कायको कोर्ष फेर्नुपर्ने आवश्यकता खट्किसक्यो तर त्यसलाई परिवर्तन गरिएको छैन ।’ स्नातक पूरा गर्न पाँच वर्ष नै लाग्ने बताउँदै उनले पास हुन पनि एक वर्ष बर्बाद गर्नुपर्ने अवस्थाप्रति शिक्षा क्षेत्र सचेत हुनुपर्ने बताइन् ।   यद्यपि हेटौंडाका डा. आर्यन मानन्धरले आगामी योजना सुनाउँदै भने, ‘अब लोकसेवा दिने विचार गरेको छु । अहिले भने कर्णाली जिल्लामा बसेर केही समय चिकित्सा सेवा गर्ने इच्छा छ ।’ डा. मानन्धरले आफ्नो देशको माया लागेको बताउँदै भने, ‘विदेश जान धेरै पैसा खर्च गर्नुको साटो यहीँ बसेको बेस् । फेरि बाहिर अहिले सुरक्षा पनि पहिलेजस्तो छैन ।’  देशमा स्वास्थ्य सेवाको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै मानन्धरले भने, ‘चिकित्सकलाई नेपालमा काम गरेअनुसारका तलब छैन । त्रिविले धेरै समय लगाएर सेमेस्टर सकाउँदा विद्यार्थी पढेर निस्किन नै धेरै समय लाग्छ ।’ चितवन मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेका महोत्तरीको जलेश्वरका प्रतीककुमार चौधरीले उच्च शिक्षाका लागि अमेरिका जाने योजना सुनाए । उनले भने, ‘मेडिकलको कोर्स अपडेट गर्नुपर्ने आवश्कता छ । धेरै पुरानो भयो, यति शिक्षाले प्रतिस्पर्धा गर्न नेपाली विद्यार्थीलाई भविष्यमा समस्या हुन्छ । त्यसमाथि नेपालमा चिकित्सलाई सुरक्षा नभएको देख्दा दुःख लाग्छ । हुनुपर्ने जति न त देशमा चिकित्सकलाई सम्मान छ न त काम गरेअनुसारको तलब नै छ ।’  तर, लुम्बिनीकी खुश्बु अग्रहरीले नेपालमै बस्ने र काम गर्ने योजना रहेको बताइन् । अग्रहरीले पोखरा मल्टिपल क्याम्पसबाट स्नातक गरेर अङ्ग्रेजी विषयबाट स्नातकोत्तर गर्दै छिन् । उनी देशमै आफ्नो भविष्य खोज्दै छिन् । रासस

सम्बन्धित सामग्री

दीक्षित विद्यार्थी भन्छन् : देशमै अवसर देऊ

स्याङ्जाका सुशील पङ्गेनी व्यवसाय प्रशासनमा स्नातकोत्तर हुनुहुन्छ । पोखरा विश्वविद्यालयबाट उपाधि हासिल गर्नुभएका उहाँ सोमबार आयोजित अठारौँ दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट दीक्षित हुनुभयो । पङ्गेनीले व्यवस्थापन सङ्कायतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी ‘कुलपति पदक’समेत प्राप्त गर्नुभयो । दीक्षान्त समारोहमा हँसिलो मुद्रामा भेटिनुभएका उहाँले नेपालमै केही गर्ने सोच रहेको सुनाउनुभयो । …

दीक्षित विद्यार्थी

प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल‘प्रचण्ड’बाट पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी।

दीक्षित विद्यार्थी

प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल‘प्रचण्ड’बाट पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी।

दीक्षित विद्यार्थी

प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल‘प्रचण्ड’बाट पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी।

साताका तस्विर

काठमाडौं : थाहाखबरले साताभरको गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई हामी यो स्तम्भमा समेट्ने गरेका छौँ।यो साताका तस्विर–म पनि दीक्षित : त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी।फिल्म फेस्टिभल : काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल(किम्फ)को २० औँ संस्करण।चित्रमा चेतना : काठमाडौंको नयाँ बानेश्वरमा सामाजिक समावेशीकरण दर्शाउने भित्तेचित्र

दीक्षित विद्यार्थी

काठमाडौँ । शुक्रबार पुल्चोकमा त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी । तस्बिरः रोशन सापकोटा÷रासस

स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली निर्माण

भक्तपुर– भक्तपुर सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा अभिभावक दिवसको अवसरमा आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माण  तथा जडानमा नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थी सफल भएका छन् । कलेजबाट दीक्षित विद्यार्थी उत्सव खड्का, हाल अध्ययनरत विद्यार्थीहरू राजु श्रेष्ठ, विवेककुमार गणेश तथा अन्य शैक्षिक संस्थामा आबद्ध विद्यार्थीहरू सेवन्त केसी र विजय श्रेष्ठले यो सफलता हासिल […]