काठमाडौं : सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसदको अवरोध हटाउका लागि सहमतिको बिन्दुको खोजी गर्नुपर्ने बताएका हुन्।उनले समितिको बैठकमा आफूले संसद् र अदालतको अवरोध हटाउनका लागि सहमति र