काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना कार्यकर्तालाई कसैको दबाब र प्रभावमा नपरी महाधिवेशन सम्पन्न गर्ने बाटोमा लाग्न आह्वान गरेका छन्। शुक्रबारदेखि देशव्यापी रूपमा सुरु हुन लागेको वडा अधिवेशनको अघिल्लो दिन सन्देशमार्फत आफ्ना कार्यकर्ताहरूलाई निर्णय लिएर अघि बढ्न आग्रह गरेका हुन्।नेता पौडेलले भनेका छन्, ‘यो अवस्थामा हामीले नेपालको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने र कांग्रेस जनताको भरोसाको केन्द्र बन्ने दिशामा हामीले काम गर्नुपर्नेछ