सप्तरीमा ६ मदिरा पसले पक्राउ

निषेधाज्ञाको उल्लङ्घन गरी मदिरा पसल सञ्चालन गर्ने ६  मदिरा पसलेलाई आज प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका तथा विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा मदिरा पसल सञ्चालन गर्ने  मदिरा पसल सञ्चालकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । उनीहरुलाई संक्रमण ऐनअन्तर्गत कारवाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । निषेधाज्ञा उल्लङ्घन गरी सवारी साधन चलाउने, मास्क नलगाई हिँड्ने, अनधिकृत रुपमा भीडभाड गर्ने, मदिरा पसल खोल्ने

सम्बन्धित सामग्री

पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गर्ने तीन शिक्षक पक्राउ

विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोटका तीन शिक्षकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेका छन् ।उनीहरू गत शनिबार दिउँसो चितवनको कंकाली सामुदायिक वनमा विद्यार्थीसहित पिकनिक गर्न गएका थिए । पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको उनीहरूमाथि अभिभावकहरूको अभियोग छ । पिकनिकमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यह

मदिरा सेवन गरेर नर्सको कोठामा छिर्ने पक्राउ

बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा नर्समाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का लोकेन्द्रबहादुर महरा पक्राउ परेका हुन् । सोमबार राति ९ बजेको समयमा मदिरा सेवन गरेर नर्सको कोठामा पसेर अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।  पाटन नगरपालिका वडा नम्बर ४ मा रहेको भुवनेश्वर स्वास्थ्य चौकीमा कार्यरत नर्सलाई दुर्व्यवहार गरेको उजुरी परेपछि महरालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । यस विषयमा

नक्कली मदिरा बेच्ने पाँच जना पक्राउ

नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ […]

महँगा ब्रान्डको नक्कली मदिरा उत्पादन गर्ने पाँच पक्राउ

महँगा ब्रान्डको नक्कली मदिरा उत्पादन गरी बिक्रि वितरण गर्ने पाँचजना पक्राउ परेका छन्। प्रहरीले कोटेश्वरबाट दोलखाका हरि वली, भगवान बस्नते, बिशाल वली तथा रामेछापका मनोज खत्री र गोपी श्रेष्ठलाई पक्राउ...

मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापक पक्राउ

मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले मदिरा सेवन गरी विद्यालय गएका  जिल्लाको त्रिभुवन माध्यमिक विद्यालयका प्राधानाध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरेको हो ।  उनी सोमबार बिहान मदिरा सेवन गरेर विद्यालय प्रवेश गरेका थिए । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा  निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई प्रक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका

मदिरा व्यापारी अमित अग्रवाल पक्राउ

काठमाडौं, ९ फागुन । काठमाडौंको दरबारमार्ग र कान्तिपथमा मदिरा व्यवसाय गर्दै आएका अमित अग्रवाल पक्राउ परेका छन् । ग्रीनलाइनका सञ्चालक अग्रवाललाई चेक बाउन्स भएको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई व्यवसायी सञ्जय अधिकारी र टंकशमशेर जबरालाई दिएको चेक बाउन्स उजुरीको आधारमा महानगरिय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । महँगा मदिरा बेच्दै आएका अग्रवालको […]

निषेधाज्ञामा मदिरा बेच्ने ६ पसले पक्राउ

निषेधाज्ञाको उल्लंघन गरी मदिरा पसल सञ्चालन गर्ने ६ मदिरा पसलेलाई सोमवार प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिका तथा विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा मदिरा पसल सञ्चालन गर्ने  मदिरा पसल सञ्चालकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।  उनीहरूलाई संक्रमण ऐनअन्तर्गत कारवाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । निषेधाज्ञा उल्लंघन गरी सवारीसाधन चलाउने, मास्क नलगाई हिँड्ने, अनधिकृत रूपमा भीडभाड गर्ने, मदिरा पसल खोल्ने जस्ता निषेधित क्रिय...

मिलेमतोमा वारिबाट पारी मदिरा तस्करी

लहान, बैशाख ५ । भारतको जयनगरमा बुधबार मदिरासहित दुई भारतीय पक्राउ परे। ती दुवैले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्विकारे। उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित मदिरा बरामद गर्‍यो। जयनगरमा नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेलाई पक्राउ गरेको यो पहिलो घटना भने होइन। यसअघि पनि सोही अभियोगमा त्यहाँ मदिरासहित धेरैजना पक्राउ परिसकेका छन्। […]

यसरी हुन्छ नेपालबाट भारततर्फ मदिरा तस्करी

भारतको जयनगरमा बुधबार मदिरासहित दुई भारतीय पक्राउ परे। ती दुवैले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्विकारे। उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित मदिरा बरामद गर्‍यो।जयनगरमा नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेलाई पक्राउ गरेको यो पहिलो घटना भने होइन। यसअघि पनि सोही अभियोगमा त्यहाँ मदिरासहित धेरैजना पक्राउ परिसकेका छन्। धेरैजना अझै थुनामै छन्। तर नेपालबाट भारततर्फ मदिरा तस्करी रोकिने त परको कुरा, झन्झन् बढ्दो छ। भारतको बिहार सरकारले मदिरा निषेधित गरेपछि ने