वैशाख १, काठमाडौं । मेगा बैंक नेपालको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित भएकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कम्पनीका कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गर्नुभयो । नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बुधवारको बैठकले उनलाई कामू सीईओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत रहेकी छिन् ।
यसअघि पनि उनले एशियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार ओटा अन्तरराष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् ।