नेपाल राष्ट्र बैङ्कले केराउ, छोकडा र सुपारी तोकिए जति परिणाममा ल्याउन विदेशी मुद्रा सटहीको सुविधा दिन बैङ्कहरुलाई निर्देशन दिएको छ । एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सो व्यवस्था गर्न बैङ्कहरुलाई भनेको छ ।
बाणिज्य बैङ्क र विकास बैङ्कका लागि जारी गरिएको परिपत्रमा केराउ, छोकडा र सुपारी आयातका लागि पुग्ने विदेशी विनिमय सटहीका लागि भनेको हो ।
यो आर्थिक वर्षका लागि केराउ ८० हजार मेट्रिक टन, २५ हजार मेट्रिक टन सुपारी, ५ हजार मेट्रिक टन छोकडा र १५ हजार मेट्रिकटन नधुल्याएको मरिच आयात गर्न पाइने गरी परिमाणत्मक बन्देज छ ...