थरीथरीका घोषणापत्र : माओवादीले २० लाखलाई रोजागारी दिने, समाजवादीले १० लाख ऋण, सातै प्रदेशमा अस्पताल बनाउने राप्रपाको योजना

आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर राजनीतिक पार्टीहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।  आ–आफ्ना पार्टीले सार्वजनिक गरेका घोषणपत्र बोकेर उम्मेदवार र पार्टीका नेता कार्यकर्ताहरु कात्तिक १८ गतेबाट औपचारिक रुपमै मतदातामाझ पुग्दैछन् ।  सोमबार मात्रै तीन वटा राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार घोषणापत्र सार्वज

सम्बन्धित सामग्री

ग्राहकको मृत्युपछि सानिमा बैंकले दियो हकवालालाई १० लाख

सानिमा बैंक Sanima Bank Limited ले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।  बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको बैंकले जनाएको छ । बिमाको रकम श्रीमती कल्पना लामा तामाङलाई सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंक मणि बराल र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजि ढकालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । मृत्यु भएका राजु लामा तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, रु ५० हजार सम्मको स्वास्थ बिमा रु १० हजार बराबरको ओपिडि सेवा र ५ हजार सम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।बैंकको देशका सातै प्रदेशमा ११७ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

असोज ५, बागलुङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा पर्वतका कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्नो गृह जिल्ला पर्वतको कुश्मा बजारमा पत्रकार सम्मेलन गरेर आचार्यले आइतवार केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आचार्य अघिल्लो अधिवेशनमा गोरखाका कुमार पन्तसँग पराजित भएका थिए । उनले अघिल्लो पटकभन्दा थप तयारी र सशक्त रुपमा उम्मेदवारी दिन लागेको जानकरी दिए ।  गैरआवासीय नेपालीहरुको हक हितलाई सुनिश्चित गर्नका लागि आफू अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको आचार्यले बताए । उनले पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने सर्वोच्च प्राथमिकता दिने बताए ।  उनले नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा नेपलको सातै प्रदेशमा एनआएनए सीप विकास केन्द्र स्थापना गरिने, कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि एक एनआरएनए एक रोजगार अभियान शुरु गर्ने कार्ययोजना रहेको जानकारी दिए । गैरआवासीय नेपाली र नेपालमा रहेका उनीहरुका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलव्ध गराउन विभिन्न स्वास्थ्य संंस्थाहरुसँग सम्झौता गर्ने, विदेशमा हुर्किरहेका वालवालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाईल एप निर्माण गरी अनलाईन कक्षाहरु सञ्चालन गर्ने, एनआरएनए खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने आचार्य प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवारी घोषणाको क्रममा आचार्यले आफ्नो जन्मभूमि पर्वतको धाईरिङमा यस वर्षको बाढिपहिरोले विस्थापित बनेका परिवारहरुको पुर्नस्थापनाका लागि रू. १० लाख रुपैयाँ व्यक्तिगत रुपमा दिने घोषणा गरेका छन् ।  यस्तै पर्वतकै सदरमुकाम कुश्मा बजारको गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनका लागि रू. १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । एनआरएनएको दशौं अन्तरराष्ट्रिय महाधिवेशन यही असेज २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ ।