नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेता सिंहले पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने तर्क समेत गरे । उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अघि बढन आफूले आग्रह गरिरहेको बताए । बुधबार काठमाडौंमा आय