अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू भएको छ । बिहीबार बिहान पानीको पाइपलाइन जडान गर्ने क्रममा ढल्केबर देखि निजगढ जोड्ने अप्टिकल फाइबर बर्दिबास नजिकै काटिएपछि सेवा अवरूद्ध भएको थियो ।
प्राविधिक टोलीको कडा प्रयास पछि छोटो अवधिमा सेवा सुचारू गर्न सफल भएको एनसेलले जनाएको छ । मर्मतसम्भार पश्चात सम्पुर्ण अवरुद्ध सेवाहरु (भ्वाइस, डेटा, एसएमएस) सुचारु...