चुनावको मिति तत्काल घोषणाको माग गर्दै एमालेका भातृ संगठनहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएका छन् ।
रुपन्देहीका अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघलगायतका २१ संगठनहरूले संयुक्तरुपमा ध्यानाकर्षण पत्र पठाएका हुन् ।
उनीहरूले लोकतान्त्रिक व्यवस्थालाई सुदृढीकरण गर्नका लागि तत्काल निर्वाचन मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गर्न सरकारसँग माग गरेका छन् ।
सोमवार एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अन...