बागलुङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधिसहित पाँचजनाविरद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा ढुंगा, गिट्टी तथा बालुवा बिक्रीबापत बागलुङ नगरपालिकालाई हानि नोक्सानी हुनेगरी गण्डकी प्रदेशको कानुन्बमोजिम तोकिएको दरभन्दा कम कर उठाएको ठहर गर्दै पूर्व नगर–प्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष जीवन आचार्य, तत्कालिन निमित्त प