अक्टोबर १० मा मुम्बईको अगस्त क्रान्ति मैदानमा कक्रोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको प्रदर्शनमा इमरान सहभागी भएका थिए। उनी अभिनेता आमिर खानका भतिजा पर्छन्।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका–१७ बालोदय चोकमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब ७ बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ का […]
नेपाली संगीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक संगीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन […]