नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथि खर्च कटौतिको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाएका हुन् । उनले कतिपय पदाधिकारीहरुले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटर ब्याजीको रकम गोजीमा राखेको पनि विभिन्न समाचारमाध्याममा आइरहेको भन्दै आपत्ति जनाए ।सांसद सुवालले मिटर ब्याज नियन्त