काठमाडाैं, असार २२ । आर्यघाट आफैँमा रहस्यमयी ‘लोकेसन’ हो । आर्यघाटमा हरेक दिन उस्तै शैलीमा लास जलाउने ‘घाटे’हरु को जीवन झनै रहस्यमयी हुन्छ । उनीहरुको पेशा नै लास जलाउने हो । पशुपतिनाथ मन्दिरतिर घुम्न जाने आम मान्छेलाई त्यस्ता ‘घाटे’हरुको दिनचर्या देख्दा लाग्छ, ‘मान्छे जलाउँदा जलाउँदै तिनीहरु यति रुखो भइसके की, अब रुन पनि बिर्सिसके ।’