काठमाडौं : सेप्टेम्बर १९ देखि युएईमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो चरणको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ।प्रतियोगिता सुरु हुनु अघि कडा कोरोना प्रोटकलबीच दर्शकलाई मैदान प्रवेश दिइने जनाइएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले कोभिड प्रोटोकल र युएई सरकारको नियम अनुसार दुबई, शारजाह तथा अबुधाबीमा हुने खेलका लागि सिमित मात्रामा सिट उपलब्ध गराउने जनाएको छ।२०१९ पछि आइपिएलमा दर्शक मैदानमा हुने छन्।गत संस्करणमा कोरोनाका कारण भारतमा प्रतियोगिता नभएपछि सबै खेल युएइमा भएको