दाेलखा – दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीवार पुनः मतदान भएको छ । यही मङ्सिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले आज पुनः मतदान गराउने निर्णय गरेको थियो ।
मतदानमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । मतदानपछि सर्वदलीय बैठक सम्पन्न भएको र अहिले राति ९ बजेदेखि मतगणना सुरु हुने उहाँले जानकारी दिनुभयो ।
दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की र नेकपा एमालेका बालकृष्ण शिवाकोटी मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।
निर्वाचन आयोगको यही ...