काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईईको नतिजा सार्वजनिक गर्दैछ। परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा सार्वजनिक हुने जानकारी दिएका हुन्।मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डले जनाएको छ। गत वैशाख ८ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभर चार लाख ९४ हजार ६८१ विद्यार्थी सहभागी भएका थिए।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि ३५ अंक नल्याउने वि