काठमाडौं । नेपाल टेलिकमले २०७८ सालको एसईईको नतिजा तीन प्रकारबाट हेर्न सकिने व्यवस्था मिलाएको छ । कल गरेर (आईभीआर), एसएमएस र वेबसाइट मार्फत एसईईको नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ । […]