बीमा संस्थानको चुक्ता पुँजी २ अर्ब पुर्याइने

जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले आगामी असार मसान्तसम्ममा आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो । आज शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा बोल्दै संस्थाका गंगाराम कँडेलले चुक्ता पुँजी दुई अर्ब पुर्याउने लक्ष्य लिएको बताए । उनले नियामक निकाय बीमा समितिको निर्देशन अनुरुप संस्थाको चुक्ता पुँजी बढाउने बताएका हुन् । उनका अनुसार हाल संस्थानले पुँजी योजना तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फा

सम्बन्धित सामग्री

पुँजी वृद्धिको योजना बुझाउन पत्राचार

काठमाडौं- नेपाल बीमा प्राधिकरणले प्रभु र नेपाल इन्स्योरेन्सलाई पुँजी वृद्धिको योजना माग गरेको छ । चुक्ता पुँजी बढाउनका लागि ठोस योजना नबनाएका प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणले एक हप्तामा पुँजी बढाउने नीति ल्याउन पत्राचार गरेको हो । आइतबार यी दुई कम्पनीलाई चुक्ता पुँजी बढाउने विषयमा योजना माग गरिएको प्राधिकरणको उच्च स्रोतले बतायो । ‘प्रभु र […]

बीमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय असार मसान्तसम्म

बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्‍याएको हो । यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते […]

लघुबीमाको चुक्ता पुँजी तोकियो, ७ वटालाई लाइसेन्स बाडिने

प्रस्तावित लघुबीमाका लागि नियामक बीमा समितिले अन्ततः लाइसेन्स दिने भएको छ । समितिले प्रत्येक प्रदेशमा एक(एक वटा लघुबीमा रहने गरि ७ वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने भएको हो ।शुक्रबार एक सूचना गर्दै समितिले लघुबीमाको संख्यासहित कम्पनीको चुक्ता पुँजी समेत तोकेर लाइसेन्सको प्रस्ताव आह्वान गरेको छ ।सूचना अनुसार पहिलो चरणमा तीनवटा जीवन र ४ वटा निर्जीवन लघुबीमालाई लाइसेन्स दिइनेछ । यस्तो लघुबीमा कम्पनीका लागि न्यूनतम् ७५ करोड चुक्ता पुँजी आवश्यक रहने समितिले जनाएको छ ।योग्यता पुगेका कम्पनीले सूचना

प्राइमलाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश, चुक्ता पुँजी २७८ करोड

काठमाडौं, २२ जेठ । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी जेठ २२ गतेदेखि १४ वर्ष पुरा गरी १५औं वर्षमा प्रवेश गरेको छ । हाल चुक्ता पुँजी २७८ करोड रहेको इन्स्योरेन्सको जीवन बीमा कोषमा १७६३ करोड रहेको छ । कम्पनीले हाल सम्म आर्जन गरेको कूल बीमाशुल्क २६०४ करोड छ भने कूल बीमालेख संख्या १,७५९,३४४ र लगानी १८.३४ करोड रहेको […]

‘बीमा कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नै पर्छ’

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नै पर्ने बताएका छन् ।बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सिलवालले लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ति मार्फत पुँजी वृद्धि गर्नेतर्

तोकिएको पुँजी वृद्धिमा बीमा कम्पनीलाई सकस, १४ वटाले बुझाएनन् कुनै योजना

बीमा समितिको पछिल्लो निर्देशन बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको निर्णय निकै सकसपूर्ण बनेको छ । समितिले अघिल्लो महिना मात्र एक निर्णय गर्दै जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पु-याउनु पर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम समितिले बैशाख १० गतेभित्र पुँजी वृद्धिको स्पष्ट खाकासहित योजना पेस गर्न समेत कम्पनीहरुलाई भनेको थियो । तर, तोकिएको समयसीमा भित्र जम्मा २४ वटा कम्पनीहरुले मात्र योजना पेस गरेको समितिले जनाएको छ । बाँक

‘फोर्स मर्जर’ दबाबमा बीमा कम्पनी, चुक्ता पुँजी पुर्याउन कसले कति बढाउनुपर्छ ?

अन्ततः बीमा कम्पनीहरू अनिवार्य पुँजी वृद्धि दबाबमा परेका छन् । बिहीबार एक निर्णय गर्दै बीमा समितिले जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब रुपैयाँ तोकिदिएको हो । यस्तो न्यूनतम पुँजी चालु आर्थिक वर्षको असार मसान्तसम्म अनिवार्य रुपमा पु¥याउने गरी एक महिनाभित्र क्यापिटल प्लान समेत पेश गर्न समितिले बीमा कम्पनीहरूलाई निर्देश गरेको छ । यसको चर्को दबाबमा यतिखेर बीमा कम्पनीहरू परेका छन् ।‘बीमा कम्पनीहरूको पुँजी कम छ, दायरा तथा दायित्व च

बीमा कम्पनीहरूले कसरी बढाउँछन् १५० प्रतिशतले पुँजी ?

१७ चैत, काठमाडौं । बीमा समितिले निर्जीवन र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजीवृद्धि गर्ने निर्णय गरेको छ । समितिले गत बिहीबार गरेको नयाँ निर्णयअनुसार अब निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी अढाइ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुग्नुपर्नेछ । अहिलेसम्म निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी १ अर्ब र जीवन बीमा […]

बीमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय असार मसान्तसम्म

बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्‍याएको हो ।