सुदूरपश्चिममा एमाले सरकारबाट बाहिरियो, अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा

कैलाली : सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्। दल विभाजनपछि पनि नेकपा (एमाले)मै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका हुन्। राजीनामा दिएपछि उनले लोकतन्त्रको…

सम्बन्धित सामग्री

अर्थमन्त्रीले नभई बिचौलिया ब्यापारी दिपक भट्टले लेखेका थिए बजेट

जेठ १५ गते बजेट प्रस्तुत भएपछि नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले राखेको ‘पोष्ट बजेट डिस्कशन’मा अर्थमन्त्री जनार्दन शर्माले बजेट ‘मैले लेखेको होइन’ भनेका थिए । लगत्तै, सच्याएर उनले भनिहाले, ‘यो तपाईहरुले नै लेखेको सरह हो, किनकी सबै क्षेत्रका सुझाव संकलन गरेर मैले नै लेखेको हुँ ।’तर, वास्तवमै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अर्थमन्त्री शर्माले नभई अरुले नै लेखेको खुलेको छ । जेठ ३० गते अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा पूर्वनासु रघुनाथ घिमिरेलाई अर्थमन्त्री शर्माले बजेट निर्माणमा प्रवेश गराएको भन्दै समाचार आयो । घिमिरेले बजेटमा राजस्व, कर र भन्सारका दर हेरफेर गरे । यो त जेठ १४ गते रातीको घटना भयो ।बजेट लेखनको काम सुरु भएदेखि नै एउटा ठूलो ब्यापारिक घरानाले काम गरिरहेको थियो भन्ने दाबी स्रोतले गरेको छ । बजेट बनाउन अर्थमन्त्रीले घिमिरेसँगै ल्याएका अर्का व्यक्ति त झन नेपाली नागरिक नै नभई भारतीय नागरिक भएको समेत स्रोतले बताएको छ । ती भारतीय नागरिक ब्यापारी दिपक भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्गको फाइनान्सियल डाइरेक्टर हुन् ।पूर्वनासु घिमिरेले ललितपुरको सानेपास्थित बिचौलिया ब्यापारी दिपक भट्टको घरमा बसेर भट्टकै आदेश अनुसार प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री (मेडिकल कलेजका व्यवसायी) उमेश श्रेष्ठको सहयोगमा बजेटका मूलभूत विषय ‘ड्राफ्ट’ गरेका थिए । दिपक भट्ट र राज्यमन्त्री श्रेष्ठको घर सानेपामा नजिक नजिकै छ ।साथमा बेला बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा छोरा जयवीरलाई दिएर पुग्ने गर्थिन् भन्ने दाबी पनि स्रोतको छ ।एमालेको पनि ‘मौन समर्थन’अर्थमन्त्रीले केही स्वार्थ समूहलाई पोस्ने गरी करका दर हेरफेर गरेको, स्वदेशी उद्योगहरुलाई मास्ने गरी आयातमा भन्सार छुट दिएको लगायतका सम्बन्धमा बिजपाटी डटकमले निरन्तर समाचार लेखेको थियो । जेठ ३० गते अन्नपूर्ण दैनिकमा बजेट नै पूर्व नासुले चलाएर ‘फाइनल’ गरेको समाचार आएपछि प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्यो ।बजेट भाषण हुने दिन बिहानको राती (राती १२ बजे) अर्थमन्त्रीले पूर्व नासुलाई मन्त्रालयमा बोलाउनुको अर्थ के थियो भने, सूचना चुहावट हुन्छ भनेर बजेट भाषण हुने दिन (मध्य राती १२ बजेको समयमा) मात्रै करका दरहरुलाई अन्तिम रुप दिईने गरिन्छ । त्यसैका लागि उनले पूर्व नासु घिमिरेलाई मन्त्रालयमा ल्याएका थिए ।यो पनिःराज्यमन्त्री उमेश श्रेष्ठको घरमा अर्थमन्त्रीसहित प्रधानमन्त्रीका छोराको ‘ककटेल पार्टी’जेठ ३१ गते एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समाचारमा आएको विषय के हो र त्यस दिनको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने सहित छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग पार्टीको तर्फबाट संसदमा राखे । सचिव योगेश भट्टराईदेखि नेता खगराज अधिकारी र गोकुल बाँस्कोटासम्मले अर्थमन्त्रीको जवाफ मात्र मागेनन्, राजीनामा नै मागे । तर, ऋषी धमलासँगको एउटा अन्तरर्वातामा अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज हेर्न दिन्न नै भनिदिए ।‘सीसीटीभी फुटेज हेर्ने ती को हुन् ? एमालेले चाहँदैमा सीसीटीभी फुटेज देखाउनुपर्छ भन्ने के छ ?’ धमलासँग अर्थमन्त्रीले भनेका थिए । त्यसपछि क्रमशः संसदमा एमालेको स्वर पनि मलिन हुँदै गयो । सीसीटीभी फुटेज देखाउनुपर्ने र छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने मागबाट एमाले ‘ब्याक’ भयो । किनकी, बजेटमार्फत फाइदा पाउने, कुनै घरानालाई लाभ दिलाएर आफू पनि फाइदा लिने, दलका नेताहरुलाई पनि लाभको हिस्सा पुर्याउने ती व्यक्ति दिपक भट्ट नै थिए । उनी एमालेका अध्यक्ष केपी ओली र अरु नेताहरुसँग पनि उत्तिकै घनिष्ट सम्बन्ध भएका व्यक्ति हुन् । ओली सरकारले नै उनका दाइ सुशिल भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेको थियो । त्यसैले, दिपक भट्टले नै सीसीटीभी फुटेज माग्ने र संसदीय छानबिन समिति बनाउने मागबाट पछि हट्न एमालेका अध्यक्ष ओलीलाई नै ‘कन्भिन्स’ गराए । त्यहीँ कारण एमालेले सीसीटीभी फुटेज र संसदीय छानबिन समितिको माग छोडिदियो ।यति मात्रै होइन, असार २ गते संसदमा बजेटबारे अर्थमन्त्री शर्माले जवाफ दिने कार्यक्रम नै बहिष्कार गरेर बजेट सजिलै पास गर्न सहयोग गरिदियो । उपभोक्ता हित संरक्षण मञ्चले जेठ १४ गते साँझ ६ बजेदेखि १५ गते बिहान सम्मको सीसीटीभी फुटेज उपलब्ध गराउन माग गर्दै अर्थमा पत्र पठाएको थियो । उक्त पत्रको जवाफ दिँदै असार १९ गते आइतबार अर्थ मन्त्रालयले ‘फुटेज डिलिट भयो’ भनिदियो ।

सुदूरपश्चिम सरकार विस्तारको तयारी, तारा लामा अर्थमन्त्री बन्ने सम्भावना

कैलाली । सुदूरपश्चिममा प्रदेश सरकार विस्तारका तयारी थालिएको छ । भदौ २२ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएपछि दुई मन्त्री नियुक्त भएका थिएनन् । मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलो चरणमा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गर्ने तयारी थालेका हुन् । एमालेमै रहने भन्दै शाहले राजीनामा दिएको […]

सुदूरपश्चिम प्रदेशसभा : अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । दल विभाजनपछि पनि नेकपा (एमाले) मै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् । ‘पार्टी विभाजन पछि एमालेमै रहने निर्णय गरी आफ्नो पदबाट […] The post सुदूरपश्चिम प्रदेशसभा : अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.