काठमाण्डाै – नेपालमा टाटा नेक्सन ईभीको बिक्री सुरु भएको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले नेक्सनको विद्युतीय गाडी अर्थात् ईभीको बिक्री सुरु भएको जानकारी दिएको छ ।
आज मङ्गलवार एक भर्चुअल कार्यक्रम गर्दै सिप्रदीले नेपालमा नेक्सन ईभीको बिक्री खुला भएको र ग्राहकले रोजाइअनुसार गाडी किन्न सक्ने जनाएको छ । नेक्सन ईभीका एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी तीन वटा मोडल नेपालमा ल्याइएको सिप्रदीले जनाएको छ । एक्सएम मोडलको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै एक्सजेड ...