राष्ट्रपतिसँगकाे भेटमा प्रचण्ड : ‘नागरिकता विधेयकमा तपाईँ र हाम्राे धारणा एउटै छ’

काठमाण्डाै – नागरिकता विधेयकको बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतासँग छलफल गर्नुभएको छ ।राष्ट्रपतिले बोलाएपछि आज बुधवार दिउँसो प्रचण्ड केही पदाधिकारीसहित शीतल निवास जानुभएको थियो । छलफलमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राख्नुभएको थियो । प्रचण्डले भने नागरिकता विधेयकमा राष्ट्रपतिले राखेको चासो र आफूहरूको धारणा एउटै रहेको बताउनुभयो । वैवाहिक अङ्गीकृत नागरिकताको बारेमा राष्ट्रपतिले राख्नुभएको चासो र माओवादीको धारणा समान ...