नेविसंघद्वारा प्रदेश सरकारविरुद्ध रिले अनसन

जनकपुर । कोरोना संक्रमित बिरामीलाई निःशुल्क उपचारको माग लिएर आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदेश नम्बर २ को सरकारको विरुद्धमा रिले अनशन थालेका छन् ।नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ धनुषाले मुख्यमन्त्री लालबाबु राउतको राजीनामासहित विभिन्न माग राख्दै  बुधबारदेखि रिले अनशनमा गरेको हो । नेविसंघले बुधबार जनकपुरधामको जनक चोकमा बसेर विद्यार्थीहरुको समेत सहभागितामा अनशन थालेको छ।कोरोना संक्रमणको दोश्रो लहरका कारण आमजनता उपचार अभावमा वञ्चित रहेको अवस्थामा सरकारलाई जिम

सम्बन्धित सामग्री

सुकुम्बासी बालबालिका सडकमा

चुरे संरक्षण तथा भूमिहीन सुकुम्वासीहरूका बालबालिकाले जनकपुरधाममा मधेश प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आइतबार जनकपुरधाममा १९ दिनदेखि आन्दोलित रहेका सुकुम्वासीहरूले आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भिर हुन ध्यानाकर्षण गराएका हुन् । चुरे तथा वनजंगल संरक्षण अभियानले रिले अनसन र सडक आन्दोलन समेत गर्दै आएको छ । बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी, गाँस, बास र कपाससहितको मौलिक अधिकारप्रति मधेश प्रदेश सरकार गम्भीर नभएको सुकुम्बासी आन्दोलनकारी पुनम साह

मुख्यमन्त्रीलाई सारी चुरा उपहार

जनकपुरधाम । चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा विगत १७ दिनदेखि रिले अनसन गर्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानकर्ताले आज मधेस प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् । भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकारका निमित्त उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार उनीहरुले मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरुलाई आज दिउँसो सारी, चुरा र लहठी […] The post मुख्यमन्त्रीलाई सारी चुरा उपहार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पोखरामा सरकारविरुद्ध युवाको रिले अनसन

सरकारले कोरोन संक्रमण रोकथामका लागि प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै राजधानीमा युवाहरुको अनसन चलिरहँदा त्यसकै समर्थनमा पोखरामा पनि युवाहरुले रिले अनसन थालेका छन्। सातजना युवायुवतीले पोखराको मुस्ताङचोकमा विहीबार बिहानदेखि रिले अनसन थालेका हुन्। युवाहरुले पहिलो दिन सातघण्टे रिले अनसन थालेका छन्।