कैलालीका विभिन्न अस्पतालमा उपचाररत छ जना कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको गएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार चार जना सङ्क्रमितको सेती प्रादेशिक अस्पताल र दुई जनाको निजी अस्पतालमा मृत्यु भएको हो । ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका ४३ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–१० का ३५ वर्षीय महिला, लम्कीचुहा–१ का ३८ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–५ का ६० वर्षीया महिला रहेका छन् । यसैगरी, गोदावरी नगरपालिका–१ का ३० वर्षीय पुरुष र भीमदत्त नगरपालिका–७ का ६२ वर्षीय पुरुषको पनि ज्यान गएको जनाइएको छ ।