सरकारले भीभीआईपीको सूचीमा राखेका व्यक्तिले अब एकल पाइलटद्वारा हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले आइतबार भीभीआईपी हेलिकप्टर उडानमा अनिवार्य दुई जना पाइलट हुनुपर्ने निर्णय गरेको छ । ‘राज्यले भीभीआईपी भनेका व्यक्तिहरूलाई एकल पाइलट भएको उडानबाट ओहोरदोहोर गराउन पाइने छैन,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने,‘आज यो निर्णय गर्यौं, भोलि सबै हेलिकप्टर कम्पनीलाई परिपत्र गर्दैछौं ।’हाल नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी छन् ।