काठमाडौं : अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत नयाँ वर्षको दिनमा आफ्ना फ्यानहरुको आशीर्वादको अपेक्षासहित उक्त कुराको जानकारी दिएकी हुन्।
शर्मा र दिपेक्ष विक्रम राणाले २०७६ मंसिर महिनामा बिहे गरेका थिए। पेटमा बच्चा भएको जानकारी दिँदै ऋचाले दिवंगत आमालाई सम्झिएकी छन्।
'आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस्। आज त्यही कुरा स्मरणमा आइरहेको छ। एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन', उनले...