भ्रष्टाचारविरुद्धका कविता पुस्तक लोकार्पण तथा चार हजार डलरका पुरस्कारहरू प्रदान

हेम-सरिता पाठक फाउन्डेसनले प्रकाशित गरेको ‘भ्रष्टाचारविरुद्धका कविता’ पुस्तकको प्रज्ञाभवनमा लोकार्पण भएको छ।...

सम्बन्धित सामग्री

‘कञ्चनपुरदेखि कञ्चनजंघा’ पुस्तक लोकार्पण

काठमाडौं। पर्यटनविद् हिक्मत सिंह ऐरको मुलुक चिनाउने कविता संग्रह ‘कञ्चनपुरदेखि कञ्चनजंघा’ लोकार्पण गरिएको छ । नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले शनिवार ऐरको उक्त पुस्तक लोकार्पण गरेका हुन् । पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गर्दा सुदूरपश्चिमको कञ्चनपुरदेखि पूर्व हिमालको कञ्चनजंघा बेस क्याम्पसम्म पुग्दाका अनुभव र अनुभूतिलाई कवितामय वर्णन कवि ऐरले यस कविता संग्रहमा गरेका छन् । कविता संग्रहको लोकार्पण गर्दै परराष्ट्र मन्त्री एनपी साउदले कवितामा मूलभूत रूपमा राष्ट्रियता, प्रकृतिप्रेमी र देशको पर्यटनको सम्भावनाका विषय समेटिएकोले कविता संग्रह नेपालको समग्र पर्यटन बुझ्ने आखीँझ्याल रहेको टिप्पणी गरे । कृतिको समीक्षा कार्यक्रममा वरिष्ठ साहित्यकार, पूर्व प्रशासक एवं पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कविता संग्रह सिंगो नेपालको उज्यालो प्रतिविम्ब भएको उल्लेख गरे । साहित्यकार चेतनाथ कँडेल, संस्कृतिविद् यज्ञराज उपाध्याय, पत्रकार अमृत भादगाउँले, डा.नवल त्रिपाठी लगायतले कविता संग्रहले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । यस्तै टिप्पणीकारहरूले यो पुस्तक नेपाल जान्न चाहने, देश चिन्न खोज्ने समेतलाई उपयोगी हुने विश्वास व्यक्त गरे । २३ वर्षदेखि नेपाल पर्यटन बोर्डमा कार्यरत ऐर बोर्डका वरिष्ठ निर्देशक समेत हुन् ।

‘कञ्चनपुरदेखि कञ्चनजङ्घा’ लोकार्पण

पर्यटनविद् हिक्मतसिंह ऐरको कविता सङ्ग्रह ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा, कवितामय फन्को देशको’ लोकार्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा ऐरको पुस्तक लोकार्पण गर्नुभएको

छोरीका आँखामा भूपी

कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ, भूपीपत्नी कान्ति शेरचन र भूपीकी छोरी एवम् लेखक कविता शेरचनले पुस्तक लोकार्पण गरे।...

छोरीका आँखामा भूपी

कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ, भूपीपत्नी कान्ति शेरचन र भूपीकी छोरी एवम् लेखक कविता शेरचनले पुस्तक लोकार्पण गरे।...

भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण

काठमाडौँ – कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ। काठमाडौँको म्यारियट होटलमा मंगलबार आयोजित एक विशेष कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, भूपीपत्नी कान्ति शेरचन र भूपीकी छोरी एवं लेखक कविता शेरचनले पुस्तक लोकार्पण गरे। लोकार्पण कार्यक्रममा सुरुमा पत्रकार एवम् लेखक देवेन्द्र भट्टराईले लेखक कविता शेरचनसँग संवादसमेत गरे। संवादमा शेरचनले आफ्ना […]

‘शब्द विम्बमा सत्यमोहन’ सार्वजनिक

काठमाडौँ- वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ । भूँडीपुराण प्रकाशनद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवं साहित्यकारले उक्त पुस्तक लोकार्पण गरेका हुन् । पत्रकार गोपीकृष्ण ढुङ्गानाद्वारा सम्पादित पुस्तकमा लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ, समाचार र कविता खण्डमा उनीसम्बन्धी लेखक, साहित्यकार […]

लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक 'परिवर्तनका संवाहक : लक्ष्मीदास ' सार्वजनिक

काठमाडौं। लक्ष्मीदास मानन्धरको जीवनीमा आधारित पुस्तक 'परिवर्तनका संवाहक' सार्वजनिक भएको छ । भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवम् समाजसेवी स्वर्गीय मानन्धरको जीवनीमा आधारित पुस्तकलाई एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शनीवार लोकार्पण गरेका छन् । शनिबार काठमाडौंकाे एक होटलमा आयोजना गरिएको कार्यक्रममा 'परिवर्तनका संवाहक : लक्ष्मीदास' पुस्तक लोकार्पण गरिएको हो। कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनकवि दुर्गालाल श्रेष्ठ, लेखक लक्ष्मण अधिकारी, लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रिरत्न मानन्धर, भाषासेवी मल्ल के सुन्दर, धर्मोदय सभाका अध्यक्ष एवम् उद्योगपति पद्मज्योति, पूर्वमन्त्रीहरू जीवनराम श्रेष्ठ, तीर्थराम डङ्गोल, साल्ट ट्रेडिङका सञ्चालक प्रदिपलाल श्रेष्ठ, चेम्बर उपाध्यक्ष एवम् साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन लगायतको उपस्थिति रहेको थियो। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्वर्गीय लक्ष्मीदास मानन्धर पुस्तकमा राजनीतिक पाटो छुटेको महसुस भएको उल्लेख गर्दै मानन्धर खुला पुस्तक रहेको बताए । लक्ष्मीदास बहुप्रतिभाशाली र प्रेरणादायी व्यक्तित्व रहेको बताउँदै नयाँ पुस्ताले लक्ष्मीदास र उनको पुस्ताबाट अनेकौँ शिक्षा लिन सक्ने उनको भनाइ थियो । उद्यमी, समाजसेवी, भाषासेवी, धर्मसेवीलगायत सबैले उनीबाट धेरै कुरा सिक्न सक्ने पनि नेपालको भनाइ थियो । कार्यक्रममा बोल्दै स्वर्गीय मानन्धरका कान्छा छोरा नारायणदास मानन्धरले उद्योग व्यापार क्षेत्रका अग्रणी पुस्ताका व्यक्तित्व लक्ष्मीदास मानन्धरको जीवनले समाजसेवी र कर्म योगी बन्न प्रेरित गर्ने उल्लेख गर्दै वार्षिक पुण्य तिथिको अवसरमा उनको जीवनी पुस्तक लोकार्पण गरिएको बताए । जनकवि दुर्गालाल श्रेष्ठले कविता रचनामार्फत उनले भाषा, धर्म, व्यापार, समाजसेवाको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गर्दै लक्ष्मीदास अनुकरणीय व्यक्तित्व भएको बताए। त्यस्तै, पुस्तकका लेखक लक्ष्मण अधिकारीले लगनशीलता र कर्मशीलताले लक्ष्मीदास सफल उद्योगपति व्यवसायी एवम् समाजसेवी बन्न सकेको र परिवर्तनमा उनको योगदान रहेको उल्लेख गरे  । लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रि रत्न मानन्धर, भाषासेवी मल्ल के सुन्दर लगायतले मन्तव्य  राख्ने क्रममा स्वर्गीय लक्ष्मीदास मानन्धरको योगदानको स्मरण गर्दै उनकाे जीवन बहुआयामिक रहेको बताएका थिए ।

पूर्वप्रधानमन्त्री चन्दको पुस्तक लोकार्पण

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछिल्लो साहित्यिक सृजना मध्येको अंग्रेजी संस्करण ‘स्पिरिङः एन अडिप्ट डिरेक्टर’ शीर्षकको कविता लोकार्पण गरिएको छ ।

आलोक खनालको ‘म देश भएको छैन’ पुस्तक लोकार्पण

५ असोज, काठमाडौं । कवि आलोक खनालको 'म देश भएको छैन' नामक कविता संग्रह लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजिक एक कार्यक्रमकाबीच वरिष्ठ नियात्राकार दामोदर पुडासैनीले उक्त पुस्तकको लोकार्पण गरेका हुन् । दामोदर पुडासैनी प्रतिभा पुरस्कार …