विवेकशील अभियानको तर्फबाट मिलन पाण्डेले काठमाडौं क्षेत्र नंबर ९ बाट उम्मेदवारी दिने भएका छन् । यसअघि विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीको नेता रहेका उनी २०७४ सालको चुनावमा पनि उम्मेदवार बनेका थिए । हाल पार्टीमा आवद्ध नरहेका उनले विवेकशील अभियानको नामबाट उम्मेदवारी घोषणा गरेका हुन् ।