चिराइतो : माग बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ - ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाए । चिराइतोबाट मनग्य आम्दानी पनि लिए । तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसके ।  राईले सात वर्षअघि एकै याममा ७५ मन(४० केजीको...